प्राथमिकताका साथ काम गर्न सके नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्छ : मन्त्री पाण्डे
१९ पुष, २०८१, शुक्रवार
- शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्ने भन्दै जहाँ आवश्यकता छ त्यही अनुसार काम गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं :संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्राथमिकताहरुको पनि प्राथमिकिकरण गर्ने क्रम सुरु गर्नुपर्ने बताएका छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले नेपालको सबै भाग पर्यटन गन्तव्य बन्न सक्ने भन्दै जहाँ आवश्यकता छ त्यही अनुसार काम गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘पर्यटन बोर्डमा दैनिक रुपमा दर्जनौं प्रस्तावहरु जाने गर्छन् जुन त्यो बोर्डको हैसियत भन्दा माथि छ । त्यसकारण हामी सबैले प्राथमिकताहरुको प्राथमिकिकरण गर्ने क्रम सुरु नगर्ने हो भने हामीले समस्यामा फसिसकेको अवस्थामा छौं ।
नेपालको कुन त्यस्तो टाकुरा, जमिन र भूगोल छैन जहाँ पर्यटन गन्तव्य बन्न सक्दैँन । त्यस्तो ठाँउहरुलाई प्राथमिकिकरण कसरी गर्ने भन्ने बारेमा हामी सबैको ध्यान जानुपर्छ । त्यो दिशामा पर्यटन बोर्डले आफूलाई अगाडी बढाउछ जस्तो लाग्छ ।’
उनले पर्यटन बोर्ड पर्यटन क्षेत्रको सिर्जनशिल निकायको रुपमा रहे पनि जनशक्तिको अभावका कारण शाखा विस्तार गर्न कठिनाई भएको बताए ।
उनले भने, ‘पर्यटन बोर्डलाई हामीले पर्यटन क्षेत्रको सिर्जनशिल निकायको रुपमा लिएका छौं । यसले सिर्जनात्मक तरिकाले काम गर्नुपर्छ । पर्यटन बोर्डको शाखा विस्तार गर्ने कुरामा पोखरामा एउटा शाखा छ तर जनशक्तिको अभावले अन्य ठाँउमा शाखा विस्तार गर्नको लागि कठिनाई देखिन्छ । यस विषयमा छलफल गर्नुपर्नेछ ।’
आगामी दिनमा हवाई, संस्कृती र पर्यटन नीति र नीति अनुसारका कानून बनाउने तयारीमा मन्त्रालय रहेको पनि उनको भनाई छ ।
बैकठमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोेर्डको कार्यसम्पादन स्थिति सम्बन्धी छलफल भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।